२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क

कांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क


आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ ।
केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो ।

‘आजवाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले न्युज कारखानासँग भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।’

उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिनेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन् ।

करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन् ।

१६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ