२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकाठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

काठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ


उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताउनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताउनु भयो ।

शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेख्नुभएको थियो । उहाँले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी फोहोर राखिदिएको भिडियो हाल्नुभएको थियो । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले सामान्य रुपमा लिएका छौँ । उहाँले सल्लाह दिइरहनुभएको छ । मुखले बोल्नु भन्दापनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन । चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरुले बनाउदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ । उहाँले स्टटसमा लेखेको कुरा सत्यता छैन । हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्र राष्ट्र चीनसँग पूरै रिङरोड बनाउने सम्झौता भएको छ । यद्यपी नेपाल सरकारले आफ्नो आन्तरिक बजेटबाट पनि यसपालि केही निर्माण गर्न बजेट व्यवस्थापन गरिसकेका छौँ । जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौँ । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । कलंकिदेखि महाराजगञ्जको कुरा मैले व्यक्तिगत रुपमा सुझावको रुपमा लिएको छु । सल्लाहको रुपमा लिएको छु । सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रुपमा लिएको छु । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानूनसम्मत छैन ।’ 
उहाँले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ