गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने खेलमा छः महासचिव पोखरेल काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने खेलमा छः महासचिव पोखरेल Karobarpati आईतबार, २०८१ जेठ १३ गते, १५:५१ मा प्रकाशित नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ । आइतवार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनु भयो । उहाँले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताउनु भयो । उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गर्नुभयो । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताउनु भयो । उाँले भन्नुभयो, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो त भन्दा अझ ज्यादा अस्थिरता सिर्जना ग¥यो भने समीकरण भत्काउन सकिन्छ । र फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली काँग्रेसले संसदलाई बन्धक बनउन खोजिरहेको छ । कुरा स्पष्ट छ । यस प्रकारको परिस्थिति स्वभाविक रुपमा नेपालको विकास र समृद्धिका लागि बाधक भइसक्यो ।’ महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताउनु भयो । उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा सथापित गर्नुपर्ने बताउनु भयो । अरुको सहारा बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ट्रेण्डिङ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन