२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिरवि-निकिताको सम्पत्ति विवरणः ८० तोला सुन, डेढ करोड ऋण

रवि-निकिताको सम्पत्ति विवरणः ८० तोला सुन, डेढ करोड ऋण


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो र श्रीमती निकिता पौडेलको नाममा रहेको चल अचल सम्पत्तिको विवरण पेश गरेका हुन् ।

सार्वजनिक गरिएको विवरणअनुसार निकिताको नाममा बूढानीलकण्ठको वडा नम्बर ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको रविले खुलाएका छन् । यो घरको लागि लिएको बैंक ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ । निकिताले गोपिकृष्ण इन्टरनेसनल सञ्चालन, भाडा, नारी टिभी र ब्राण्ड इन्डोर्समेन्टबाट गरेको कमाइले घर किनेको जनाइएको छ ।

रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको छ । यस्तै निकिताको सेयर रहेको गोपीकृष्ण प्रालीको नाममा काठमाडौं(७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा रहेको छ । १० रोपनी ८ आनाको २५ प्रतिशत सेयर निकिताले पाउनेछिन् ।

निकितासँग ८० तोला सुनका गरगहना रहेको सम्पत्ति विवरणमा जनाएको छ । अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै चाँदीका भााडाकुँडा १५र२० केजी छन् ।

रवि र निकिताको नाममा ७ वटा बैंकमा खाता छन् । रविको ग्लोबल आईएई र नेपाल बैंकमा रहेको खातामा जम्मा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ ।
गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता सेयर छ, जसको मुल्य ८ करोड ७५ लाख हसुन आउँछ । यसैगरि टाटा नेक्सन इभी गाडी ४२ लाख रुपैयाँमा निकिताले खरिद गरेकी छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ