२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिपक्राउ पुर्जी जारी भएका कान्तिपुरका कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को

पक्राउ पुर्जी जारी भएका कान्तिपुरका कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को


काठमाडौँ । नागरिकता किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न नेपाली कांग्रेसका नेताहरुको लर्को लागेको छ। उनलाई भेट्न कांग्रेसका सांसदहरु रामहरी खतिवडा, एनपी साउद, रामनाथ अधिकारी, राजेन्द्र बजगाईँ, चन्दा चौधरीलगायत नेताहरु पुगेका हुन् ।

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो।

यसअघि कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेलले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ