गृहपृष्ठ ∕ राजनीति ∕ रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग Karobarpati सोमबार, २०८१ जेठ ७ गते, १७:१३ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् । सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् । उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उनले बुझाएका छन् । ‘उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ आज सेयर बजार राताम्यै प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो आज सेयर बजार राताम्यै प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो