गृहपृष्ठ ∕ राजनीति ∕ रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग Karobarpati सोमबार, २०८१ जेठ ७ गते, १७:१३ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् । सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् । उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उनले बुझाएका छन् । ‘उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज