२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिओलीको केन्द्रीय कमिटी बैठकमा गएनन् बादल

ओलीको केन्द्रीय कमिटी बैठकमा गएनन् बादल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीपक्षीय सदस्यहरूको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ गएका छैनन् ।
ओली पक्षीय केन्द्रिय कमिटीको बैठक बालुवाटारमा भइरहेको छ भने गृहमन्त्री बादल भने मन्त्री निवास पुल्चोकमै छन् ।

गृहमन्त्री बादल सोमबार राति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए भने आज मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुल्चोक गएर आफुलाई सहयोग गर्ने अनुरोध गरेका थिए ।

गृहमन्त्री बादल भने दुवै पक्षको बैठकमा नगई आफुनिकट नेताहरुसँग परामर्श गरिरहेका छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ