२०८२ वैशाख २५, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकार्यदलले शीर्ष नेताहरूलाई बुझायो साझा कार्यक्रमको प्रतिवेदन

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो साझा कार्यक्रमको प्रतिवेदन


काठमाडौं । न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले सत्तारुढ दलका शीर्ष नेतालाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार बसेको न्युनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्षनेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बने पछी पुस १४ गते बसेको सत्तारुढ दलको बैठकले सरकार संचालनको निम्ति न्युनतम साझा कार्यक्रम ल्याउने र उक्त साझा कार्यक्रमको मस्यौदा निमाणकाे  लागि एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

शीर्षनेताले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ