काठमाडौ । सात दलको समर्थनमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।
अध्यक्ष दाहललाई आफ्नो दल माओवादी केन्द्रको ३२, एमाले ७८, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, राष्ट्रिय उन्मुक्ति पार्टीको ४, अमरेशकुमार सिंह, प्रभु साह,किरण कुमार साहसहित १६९ सांसदले समर्थन गरेका छन्।
प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।