काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदूत चिहोउ यान्छीबीच मंगलबार राति भेटवार्ता भएको छ ।
भेटवार्तामा नेकपामा उत्पन्न विवाद लगायत विषयमा केन्द्रित भएको बुझिएको छ । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतले बतायो ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तिव्र पारेकी छिन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेकी छिन् ।
नेकपा सचिवालयका बहुमत सदस्यले आजका लागि बैठक बोलाएका छन् भने ओली पक्ष उक्त बैठक टार्ने कसरत गरिरहेका छन् ।
नौ सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् भने प्रचण्डको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।