२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीति४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर

४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर


काठमाडौं-नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ