२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतितीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास

तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास


काठमाडौं-सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ ।

सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल भइरहेको छ ।

कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने । बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ