२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेकपाले यस बर्ष चियापान कार्यक्रम नगर्ने

नेकपाले यस बर्ष चियापान कार्यक्रम नगर्ने


काठमाडौँ । बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै कोभिड -१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

उक्त विज्ञप्तिमा पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूणर् नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

कोरोना भारइरसको महामारीकै कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूणर्िमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने बताइसकेको थियो भने नेकपाले यस वर्षको चियापानको मिति भने तोकेको थिएन ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ