२०८२ वैशाख ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसकियो चोलेन्द्र शमशेर जबराको बयान 

सकियो चोलेन्द्र शमशेर जबराको बयान 


काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वाेच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् ।

उनले आक्षेपलगायतका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने मंगलबार नै समितिले निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #चोलेन्द्र शमशेर जबरा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ