२०८२ वैशाख ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमहाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला बयान ?

महाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला बयान ?


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।  यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने जानकारी ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।  प्रश्नहरु लामो भएकाले मसय लागको बताइएको छ ।   तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ