२०८२ वैशाख २८, शनिबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिराष्ट्रपति भण्डारीले देशको व्यापार घाटालाई लिएर चिन्ता व्यक्त

राष्ट्रपति भण्डारीले देशको व्यापार घाटालाई लिएर चिन्ता व्यक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
साथै अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको र गठबन्धन ज(जसको भए पनि त्यो देशको हितमा हुनुपर्ने धारणा पनि स्पष्ट गरेकी छन्।​

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरूसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले गठबन्धन जसको भए पनि त्यो देशको हितमा हुनुपर्ने बताएकी हुन्।

हिजो मात्र ११७ खर्बको बजेट, १७ खर्बकै व्यापार घाटा भन्ने शिर्षकमा समाचार विभिन्न संञ्चार माध्यमा आउको थियो ।

‘गठबन्धन के कस्तो छ, मेरो मामिला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले हेर्छन्। तर, कमसेकम देश र जनताको हितमा हुनुपर्छ।’

पत्रकारले नागरिकताको विधेयकबारेमा राखेको जिज्ञासाको प्रत्युत्तरमा राष्ट्रपतिले
अहिले के हुन्छ र के गर्ने त विषयको नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्।


क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ