२०८२ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनागरिकता विधेयक बहुमतले पारित

नागरिकता विधेयक बहुमतले पारित


काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नु अघि नै दलहरु दिनभर छलफलमा थिए । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेका छन ।

सो विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए भने विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी थिए ।
नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।

नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।

सरकारका गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको जानकारी गराए । साथै वैवाहिक अंगीकृतका विषयलाई दलीय सहमति जुटाएर सम्बोधन हुने बताए ।

 

अब यो विधेयक राष्ट्रियसभाबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #नागरिकता विधेयक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ