२०८२ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसंसदीय छानबिन विशेष समितिको म्याद सात थपियो 

संसदीय छानबिन विशेष समितिको म्याद सात थपियो 


काठमाडौं – संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न सो समिति गठन गरिएको हो ।

काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ