२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो’ – डोनाल्ड ट्रम्प

‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो’ – डोनाल्ड ट्रम्प

राष्ट्रपति ट्रम्पले चीनमाथि आक्रोश पोख्दै चीनले अमेरिकाका साथ जे गरेको छ त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण आफूलाई कोरोना भाइरसको संक्रमण भएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले चीनले कोरोना भाइरस फैलाएका कारण आफूलाई संक्रमण भएकाले यसको मूल्य चुकाउनुपर्ने बताए ।

अस्पतालबाट फर्किएपछि राष्ट्रपति ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका छन् । उनले भिडियोमा मास्क नलगाएको देख्न सकिन्छ ।

‘मलाई कोरोना संक्रमण हुनुमा ईश्वरको आशीर्वाद थियो । एउटा लुकेको आशीर्वाद । अब म पूरै ठीक छु’, उनले भने, ‘जसरी मलाई राष्ट्रपतिको हैसियतमा अस्पतालमा उपचार भयो त्यसै गरी हरेक अमेरिकी नागरिकको उपचार होस् भन्‍न म चाहन्छु ।’

राष्ट्रपति ट्रम्पले चीनमाथि आक्रोश पोख्दै चीनले अमेरिकाका साथ जे गरेको छ त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यसमा तपाईंको गल्ती होइन, चीनको गल्ती हो’, उनले भने, ‘चीनले यसको परिणाम व्यहोर्नुपर्नेछ । चीनले यो देशका साथ जे गरेको छ, त्यसको मूल्य चुकाउनुपर्नेछ ।’


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ