२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुस–युक्रेन युद्धमा दश लाखभन्दा बढीले छोडे युक्रेन

रुस–युक्रेन युद्धमा दश लाखभन्दा बढीले छोडे युक्रेन


ब्रसेल्स – रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ ।

युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ ।

ब्रसेल्समा बिहीबार बसेको युरेपेली संघका गृहमन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन ।

युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्य सम्बन्धि सुविधा पनि पाउने छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #रुस–युक्रेन युद्ध


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ