२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनकोे टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

युक्रेनकोे टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु


किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ