२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियकोप २६ः कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्

कोप २६ः कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्


लन्डन । विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला प्रयोग गर्ने देशहरुसहित विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।

कोइला जलबायु परवर्तनको मुख्य कारक हो । तर, अस्ट्रेलिया, भारत, चीन र अमेरिका जस्ता कोइलामा अत्यधिक निर्भर हुने देशहरुले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् । हस्ताक्षकर्ता देशहरुले नयाँ कोइला उर्जा उत्पादनमा लगानी नगर्ने पूर्ण प्रतिबद्धता जनाएका हुन्  ।

मुख्य  अर्थतन्त्र भएका देशले सन् २०३० सम्म र कमजोर अर्थतन्त्र भएका मुलुकले सन् २०४० सम्ममा कोइला अन्त्य गर्ने सहमति पत्रमा उल्लेख छ । भियतनाम, चिलीसहित १८ देशले कोइला उद्योगमा लगानी नगर्ने भनेर पहिलो पटक सहमत भएका हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ