२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियकोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता

कोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता


बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्तु संकटमा पर्नुका साथै वातावरणमा नकरात्मक असर परेको छ ।

जंगलको संरक्षण र बृक्षारोपणको लागि अझै धेरै रकम जुटाउन पनि विश्व नेता सहमत भएका छन् ।  वन फडानी रोक्ने सम्झौतामा १०० भन्दा बढी मुलुकले हस्ताक्षर गर्ने भएका छन् ।

त्यस्तै, २८ देशका सरकारले विश्वव्यापी खाद्यन्न बजार र कृषिजन्य उत्पादनका कारण हुने वन विनाश रोक्ने प्रतिबद्धता जनाउने भएका छन् । चरन वा जनवारलाई खानेकुरा उत्पादनका लागि रुख काट्दा जंगल विनाश भइरहेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पृथ्वीको वन संरक्षण र वृक्षारोपणका लागि विश्व नेताबीच एतिहासिक सम्झौता हुन लागेको जानाकारी दिएका छन् ।

विश्वका सर्बाधिक ठूला कम्पनीहरुमध्ये ३० कम्पनीहरूले जंगल फडानीसँग जोडिएका गतिविधिमा गर्दै आएको लगानी रोक्ने प्रतिबद्धतसमेत जनाउने भएका छन् ।
एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ