२०८१ मंसीर २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा कोभिड संक्रमितको संख्या घट्दै

भारतमा कोभिड संक्रमितको संख्या घट्दै


एजेन्सी । भारतमा दैनिक रुपमा कोभिड-१९ बाट  संक्रमण हुनेको संख्यामा घटदै आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय २४ जनामा कोभिड-१९ पुष्टि भएको छ । भारत सरकारको अनुसार ३.२२ प्रतिशतको दरले संक्रमण घटेको जनाएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या ७० दिन पछि ९ लाख भन्दा कम पहिलो पटक भएका छन् ।

भारतमा कोरोनभाइरसबाट ९५.८० प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या २ करोड ९६ लाख ३३ हजार १ सय ५ जना पुगेकोे छ । कुल संक्रमित संख्या मध्ये ३ लाख ७९ हजार ५ सय ७३ जनाको मृत्यु, २ करोड ८३ लाख ८८ हजार १ सय जना संक्रमणमुक्त र ८ लाख ६५ हजार ४ सय ३२ जना सक्रिय संक्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख सात हजार ६२८ जना संक्रमणमुक्त भएको भएका छन् । त्यस्तै २ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७ सय ९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस