२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियनोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज

नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज


काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता लघुवित्तका पिता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् । न्यायाधीशले युनुस सहित अरु ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए ।

न्यायाधीशले उनीहरुलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए ।

न्यायाधीशले उनलाई ५ हजार रुपैयाँ धरौटीमा एक महिनाको जमानतमा अनुमति पनि दिएका छन् । कानुनअनुसार युनुस र अन्य तीन जनाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ