एजेन्सी । विश्वभर कोरोना विरूद्धको खोप अभियानमा २० करोड जनाले सहभागी भई खोप लगाईसकेको एएफपीले जनाएको छ ।
विश्वका १०७ राष्ट्रमा खोप अभियान तीब्र रुपमा अगाडी बढेको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । चीन र रूसले भने खोप प्रयोगबारे विवरण पछिल्लो केही दिनमा सार्वजनिक नगरेता पनि विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीले जनाएको छ ।
विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या भएका जी-७ समुहका राष्ट्रहरु अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फान्स, इटली र जापानले विश्वभर प्रयोग भएका खोपको मात्राको ४५ प्रतिशत प्रयोग गरिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत जी-७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागी उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी (७.५ अर्ब अमेरिकी डलर ) गर्ने योजना बनाएको बताएका छन ।
विश्व बैंकले उच्च आम्दानीे र उच्च-मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेका राष्ट्रहरुले विश्वमा उत्पादन भएका कोभिड-१९ विरूद्धको खोपको ९२ प्रतिशत प्रयोग गरेको एएफपीलाई प्राप्त गरेको विवरणमा उल्लेख छ ।
निम्न आय भएका २९ राष्ट्रहरुमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ ।
कोरोनाभाइसर विरुद्ध बेलायतमा (२५) प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत, जनसङ्ख्याले खोपको मात्रा प्रयोग गरिसकेका छन् ।
अमेरिकामा सबैभन्दा बढी ५ करोड ९० लाख ६० हजार,चीनमा ४ करोड ५० हजार भारतमा १ करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रामा खोप लगाइसकिएको छ ।
कुल जनसङ्ख्याको आधा जनसङ्ख्यालाई कोभिड-१९ विरूद्धको पहिलो खोप सेवा दिनेमा राष्ट्रमा इजरायल पहिलो स्थानमा रहेको छ । इजरायलमा तीन जना इजरायलीमध्ये एक जनाले दुवै खोप प्रयोग गरिसकेका छन् ।
एएफपी