२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प


ताइपेय-ताइवानमा शक्तिशाली भूकम्प आएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ( युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ताइवानको केन्द्रिय मौसम व्युरोले भूकम्प ६ दशमलब ४ म्याग्निच्युड रहेको जनाएको छ । दुईओटा टेक्टानिक प्लेटको बिचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्गाग्नेच्युडको भूकम्प नजादासम्म सामान्यतया सुनामीको चेतावनी दिँइदैन ।एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ