काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ भोलि बाँडफाँड हुनेछ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार ८ गते बुधबारका दिन बिहान ९ बजे काठमाण्डौ नक्सालस्थित क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ ।
गत जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरकाले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको कुल २१ लाख ९५ हजार ५०९ कित्ता सेयर कम्पनीले आईपीओ जारी गरेको थियो।
त्यसमध्ये ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयर भने सर्वसाधारणले छुट्याइएको थियो ।
आईपीओमा १५ लाख ६४ हजार ५०० भन्दा बढी आवेदकबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार बढी कित्ता सेयरको लागि आवेदन परेको थियो ।
मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ गोलाप्रथाबाट २ लाख १ हजार ९८६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन ।
तिनै आवेदकबाट भाग्यमानी ९ जनाले थप १-१ कित्ता सेयर पाउनेछन् भने १३ लाख ६२ हजार ५०० आवेदकको हात खाली हुनेछ ।