२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जाहिमाली दोलखा हाइड्र्रोपावरको हकप्रद सेयर आजबाट

हिमाली दोलखा हाइड्र्रोपावरको हकप्रद सेयर आजबाट


काठमाडौ । हिमाली दोलखा हाइड्र्रोपावरले आज जेठ २२ देखि हकप्रद सेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

लगानीकताले कम्पनीको हकप्रद सेयर खरिदका लागि असार १० गते सम्ममा आवेदन दिन सकिनेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ गत वैशाख २७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले यो कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन दिन सक्नेछन्।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ