काठमाडौ । सर्वसाधारणका लागि रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्नै लागेको हो ।
कम्पनीले ५६ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । कम्पनीले २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएकोमा ८७ हजार ६७० कित्ता सेयर मात्र बिक्रि भएको छ ।
कम्पनीले स्थानीय बासिन्दालाई छुट्याइएको मघ्ये बिक्रि नभएको १ लाख ९२ हजार ३३० कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । त्यसमघ्ये कर्मचारीहरुका लागि १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।
त्यस्तै,बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
निष्कासित शेयरमा लगानीकर्ताले आगामी जेठ २२ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे जेठ ३२ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
साधारण सेयर निष्कासनका लागि रावा इनर्जीकाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
साधारण शेयर खरिदका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।