२०८२ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठउर्जासगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि

सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि


काठमाडौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गते देखि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ  ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँकाे १० प्रतिशतका दले  हुने ११ करोड २० रुपैयाँ बराबरको कूल ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछ ।

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी माघ १९ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन ०५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् ।त्यस्तै,वैदेशिक रोजगारीमा रहेकाहरुले माघ १९ गतेसम्म १० कित्ता देखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई रहेको छ । कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् ।

स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने छन । स्थानीयले इलामस्थित प्रभु बैंक, प्राइम बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ