काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा साधारणसभा बालाएको छ । सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भौतिक तथा भर्चुअल गरी दुबै माध्यमबाट सुरु हुनेछ ।
साभामा हाल कायम संस्थापक समूहको सेयर स्वामित्व ५३ दशमलव ४१ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम गर्ने, बैंकले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।
सभा प्रयोजनका लागि बैंकले १९ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंलाभांश प्राप्त गर्न सक्नेछन्।