२०८० असोज ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङआशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भट्टचनले लिए सपथ

आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भट्टचनले लिए सपथ


काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाको संचालक समितिको कार्तिक २७ गतको बैठकबाट अध्यक्षमा चयन भएका निर्गुण प्रसाद भट्टचनले सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक देव कुमार ढकालले भट्टचनलाई सपथ ग्रहण गराएका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागकाे निर्देशक  मिना पाण्डे, आशा लघुवित्तका संचालक, प्रदिप कुमार खड्का, अविनास सिलवाल तथा प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालको उपस्थिति रहेको वित्तीय संस्थाले जनाएको छ ।

“विपन्नको समुदायको निम्ति आशा’’ भन्ने मुल नाराको साथ २०७३ भाद्र १५ गते देखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६८ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४८ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्व ४३ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ