२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?

नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?


काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुषमा १५औँ  साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ । जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा हाल कायम चुक्ता पुँजीको २१  दशमलव ४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ