गृहपृष्ठ ∕ समाचार ∕ मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०६:२७ मा प्रकाशित काठमाडौं । मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो । समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ । न्युज कारखाना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै