गृहपृष्ठ ∕ समाचार ∕ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, २०:०७ मा प्रकाशित काठमाडौं । माछापुच्छ्रे बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले बैंकको यहि कात्तिक ६ गते पोखरामा गर्ने भनिएको २२ औं वार्षिक साधारण सभा स्थगित गर्ने निणर्य गरेको छ। कोरोना महमारी तीव्र गतिमा वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा सहभागी हुन कठिन हुने भएकाले साधारणसभा हाललाई स्थगित गर्ने निणर्य गरिएको बैंकले जानकारी गराएको छ । साधारणसभा स्थगित भए पनि कोरोना भाइरसको कहरको कारण सेयरधनीलाई परेको आर्थिक प्रभाव आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी बैंकले अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ। हाललाई २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले अन्तरिम नगद लाभांश वितरण गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निणर्य बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकले सेयरधनीलाई रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम