२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोसेगवे नेपालको ‘यो दशैँ/तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक

सेगवे नेपालको ‘यो दशैँ/तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक


 

काठमाडौँ । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रा. लिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ ।

यो अफर नेपालका सबै सेगवे ई-स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, रु. १०,००० नगद छुट अमाजफिट व्याण्ड ५ वा अमाजफिट नियो व्याण्ड, जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ ।

साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (एफ ४०),२ जनाले स्मार्ट फोन मेजु एम १७ र ५ जनाले अमाजफिट जीटीएस २ स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएम सी र इ एम आईको सुविधा पनि छ ।

सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूणर् उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् । यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ ।

नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

यदि तपाईं यो चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्दै हुनुहुन्छ भने सेगवे ई-स्कुटरहरू तपाईंको रोजाइ बन्न सक्छन् र यसको शोरुम राईजिङ मलमा रहेको छ ।

 

सेगवे नाइनबटको बारेमा 

छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ-ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

सन २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे-नाइनबट अस्तित्वमा आएको थियो । हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व-प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे-नाइनबटले प्रयोगकर्ताहरु र सम्पूणर् उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ ।  सेगवे-नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइ हव प्रा. लि. हो ।


क्याटेगोरी : अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ