गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब Karobarpati शुक्रबार, २०७९ जेठ २७ गते, १९:२२ मा प्रकाशित देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ । त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि