२०८२ भदौ २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन सहुलियतपूर्ण ऋण लिने

सरकारले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन सहुलियतपूर्ण ऋण लिने


काठमाडौं । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन एसडिआर सहुलियतपूर्ण ऋण लिने भएको छ ।
मंगलबार बसेको मन्त्री परिषदको बैठकले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन एसडिआर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निणर्य गरेको हो ।

त्यसैगरी, सरकारले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक, दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जाको प्रवद्र्धनका लागि प्राप्त हुने २ करोड ११ लाख २० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नेभएको छ ।

मन्त्रिपरिषद्ले हरित तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि युरोपेली युनियनबाट प्राप्त हुने ४५ लाख युरो बराबरको आर्थिक/प्राविधिक सहायक स्वीकार गर्ने र विभूषण समितिमा सदस्य रहनुभएका अन्य सदस्यहरु यथावत रहने गरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट सङ्गीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्य तोक्नेसमेत निणर्य गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ