काठमाडाैं – नेप्से परिसूचक दोहोरो बढेकाे छ । नेप्से परिसूचक १३.३३ अंकले बढेर लागेर दुई हजार ४३.९२ मा पुगेको छ ।
आज नेप्सेमा कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
आजकाे दिनमा बैंकिङ उपसमुह ०.७३, निर्जीवन बीमा उपसमुह ३५.०३ र सामूहिक लगानी कोष उपसमुह ०.०८ अंकले घटेकाे छ । त्यस्तै व्यापार उपसमुह १.१३, होटल तथा पर्यटन उपसमुह १६.२२, विकास बैंक उपसमुह ७२.७५, जलविद्युत् उपसमुह ३३.८४, वित्त उपसमुह ४२.१३, उत्पादन उपसमुह २०.७२, अन्य उपसमुह २१.६८, लघुवित्त उपसमुह १०.६३, जीवन बीमा उपसमुह २६६.३२ र लगानी उपसमुह ०.२२ अंकले बढेकाे छ ।
आजको दिनमा सेयर बजारमा कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ ।
आज बजारमा गुर्खाज फाइनान्सको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको सेयरखरिद बिक्रीभए सँगै कारोबारका आधारमा शीर्ष स्थानमा रह्याे । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भएकाे छ ।
नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए ।
त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए । —