गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ फतुवा विजयपुर नगरपालिका मेयर सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर फतुवा विजयपुर नगरपालिका मेयर सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर Karobarpati आईतबार, २०७९ असार १२ गते, १६:३७ मा प्रकाशित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा विजयपुर नगरपालिका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा मेयरसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । रौतहट जिल्लाको गुजरा र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६०% र गुजरा नगरपालिकाले ४०% रकम वाडँफाँड गर्ने निणर्य भएकोमा फतुवा विजयपुर नगरपालिकाले आ.व. २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसार सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्याटेगोरी : मधेश प्रदेश ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ