गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब Karobarpati शुक्रबार, २०७९ जेठ २७ गते, १९:२२ मा प्रकाशित देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ । त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ गुराँस लघुवित्तले डाक्यो साधारण सभा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सहकारी मर्ज गर्न अध्ययन समिति विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर गुराँस लघुवित्तले डाक्यो साधारण सभा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सहकारी मर्ज गर्न अध्ययन समिति विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर