गृहपृष्ठ ∕ समाचार ∕ आज देखि तातोपानी नाका सञ्चालनमा आज देखि तातोपानी नाका सञ्चालनमा Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०८:१३ मा प्रकाशित काठमाडौं । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ। आज असोज १९ गते आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए। आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ। भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ। कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ। यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो। नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन