गृहपृष्ठ ∕ खेलकुद ∕ नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो Karobarpati मंगलबार, २०७८ फागुन १० गते, २०:१८ मा प्रकाशित विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । क्याटेगोरी : खेलकुद ट्याग : #नेपाल, #युएई, #विश्वकप तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा