२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे पहाडमा वर्षाकाे आँकलन

तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे पहाडमा वर्षाकाे आँकलन


काठमाडाैं- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।

दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

बुधबार  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ