काठमाडौं – नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार बिहिबार बिहान ८ बजे बाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।
उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।