२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसानेपामा उपसभापतिको मतगणना सुरु

सानेपामा उपसभापतिको मतगणना सुरु


 

काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ ।

सोमबार सम्पन्न निर्वाचन अन्तर्गत उपसभापतिको मत गणना ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो ।

दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा छन् । महेश आचार्य, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का र सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेका छन् ।

उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ ।

यसअघि आज विहान सम्पन्न सभापतिको मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ