२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस सभापतिमा देउवाकाे अग्रता कायमै , पछ्याउँदै काेइराला

कांग्रेस सभापतिमा देउवाकाे अग्रता कायमै , पछ्याउँदै काेइराला


काठमाडौं – नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

हालसम्म २ हजार ६ सय मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १०५१ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७९३ मत पाउँदा प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको १७४ र कल्याण गुरुङले १० मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ