२०८२ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस महाधिवेशनमा फोटो पत्रकारको ‘क्यामेरा डाउन’

कांग्रेस महाधिवेशनमा फोटो पत्रकारको ‘क्यामेरा डाउन’


काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् ।

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् ।

कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ