गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा पनि ओमिक्रोन भेरियन्ट नेपालमा पनि ओमिक्रोन भेरियन्ट Karobarpati सोमबार, २०७८ मंसीर २० गते, १३:३८ मा प्रकाशित काठमाडौँ –नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हाे । मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ,‘३ मंसिर ०७८ मा नेपाल आएका ६६ बर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । उहाँसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ बर्वीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नु पर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन । एस जेन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’ हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा